मंगलबार, वैशाख १५, २०८३

मौसम विभागले भन्यो- चिसो बढ्यो, सतर्कता अपनाउनू

 |  बिहीबार, कात्तिक ३०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३०, २०८०

काठमाडौं- देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको छ। 

National life

विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ।     

दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा  आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

kumari

प्रकाशित: Nov 16, 2023| 06:43 बिहीबार, कात्तिक ३०, २०८०
प्रतिक्रिया दिनुहोस्