मंगलबार, वैशाख १५, २०८३

'टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो'

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

National life
kumari

काठमाडौं- कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्ने बताएको छ।

क्यानले आज एक विज्ञप्ति निकालेर  निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ। साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने टिकटक विकल्प बनेकाले त्यसलाई नियमन गर्दा उपयुक्त हुने  क्यानको धारणा छ। 

‘नेपालमा उपलव्ध सबैखाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान आग्रह गर्दछ। निजी क्षेत्रको हैसियतमा हामी सरकारसँग जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौँ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Nov 15, 2023| 21:41 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्