शनिबार, असार ७, २०८२

भलिबल खेलाडी सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु

 |  बुधबार, कात्तिक २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

vianetvianet

काठमाडौं- भलिबल खेलाडी सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। 

उनी एपिएफ क्लबबाट भलिबल खेल्दै आएका थिए। थापाको स्याङजा चापाकोट २ धुर्कोटमा भलिबल खेलेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना भएको हो। 

२२ वर्षका उनको चापाको ८ दुर्दाङमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। 

एपिएफ क्लबबाट एनभिए, लामाचौर र किङ्स कप खेलेका उनले गत वर्ष नवौँ राष्ट्रिय खेलकुद तथा टाइगर कप भलिबलको तीन वटै संस्करण गण्डकी प्रदेशबाट खेलेका थिए।

प्रकाशित: Nov 15, 2023| 22:02 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्