मंगलबार, वैशाख १५, २०८३

अलपत्र गाईबाच्छाको उद्धार र संरक्षणमा जोड

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

National life
kumari

काठमाडौं- असहाय गाईबाच्छा संरक्षण अभियानले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्रका रूपमा विस्तार गर्न हरेक पालिकामा सुविधासम्पन्न काञ्जी हाउस स्थापना हुनुपर्ने माग गरेको छ। सडकमा गाईवस्तु अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि सो अभियानले कानुनी वकालत गर्दै आएको छ।

काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धारका लागि दक्षिणकालीमा काञ्जी हाउस निर्माण र सञ्चालनमा ल्याएकामा खुसी व्यक्त गर्दै अभियानका अध्यक्ष उत्तम पुडासैनीले सडकमा गाईबाच्छा छाड्दा उनीहरूलाई रोग सम्भावना हुने भएकाले काञ्जी हाउसमा लगेर स्वास्थ्य परीक्षण गरी रोगी पाइएमा क्वारेन्टिनमा राख्न आग्रह गरे। 

अभियानले हालसम्म करिब दुई सय अलपत्र गाईबाच्छालाई उद्धार गरी कागेश्वरी मनहरा नगरापलिको गोठाटारस्थित गौचरणमा आश्रय दिँदै आएको छ। अध्यक्ष पुडासैनीले उनीहरूलाई खाना, छाना, उपचार र माया दिन सबैमा आग्रह गर्दै जसले उद्धार गरेर ल्याइदिए पनि आफूहरूले संरक्षण दिने बताए।

प्रकाशित: Nov 15, 2023| 21:21 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्