नयाँ दिल्ली- भारत नियन्त्रित कश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ।
साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्। बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ। -सिन्ह्वा
प्रकाशित: Nov 15, 2023| 17:19 बुधबार, कात्तिक २९, २०८०