मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ब्याट्री डाउन भएपछि सिमकोटमै थन्कियो नेपाल एयरलाइन्सको जहाज 

ब्याट्री डाउन भएपछि सिमकोटमै थन्कियो नेपाल एयरलाइन्सको जहाज 

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

हुम्ला- सिमकोट विमानस्थलबाट सोमबार नेपालगञ्ज उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाजको एउटा ईन्जिन नचलेपछि हुम्लामै थन्किएको छ। जहाज मर्मतका लागि प्राविधिक टोली आएको छ। जहाजको २ वटै इन्जिनको ब्याट्री डाउन छ।

National life

जहाज मर्मतका लागि समिट एयरको जहाजबाट ईन्जिनियर देवेन्द्र पुनको नेतृत्वमा ३ जना प्राविधिक टोली सिमकोट पुगेको थियो। सोमबार उनीहरुले इन्जिनमा भएको तार सर्टको मर्मत गरेका थिए। उक्त मर्मत गरेपछि नेपालगञ्ज जाने यात्रुलाई जहाजमा बोलाइएको थियो। तर जहाजको इन्जिन नै चलेन। इन्जिन नचलेपछि जाँच गर्दा ब्याट्री डाउन भएको प्राविधिकले बताएको नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख बलिराज हमालले जानकारी दिए।

नाइन एन–एबीयू कलसाइनको निगमको जहाजमा आएको प्राविधिक समस्या समाधानका लागि ग्राउण्ड चार्जले डाउन भएका ब्याट्री चार्ज गर्नु पर्ने भएकाले सो मेसिन सिमकोटमा नहुँदा ग्राउण्ड चार्ज मेसिन नआएसम्म जहाज सिमकोटमै रहने हमालले बताए।

सोमबार बिहान ८बजे नेपालगञ्जबाट सिमकोट आएको जहाज नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला टेक्निकल समस्या आएकाले उडान रोकिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ।

नेपालगन्जबाट प्राविधिकबाट टोली आएर मर्मतपछि पनि उडान नहुने भएपछि गन्तव्यमा जान नपाएका यात्रुहरु समस्यमा परेका छन्।

kumari

प्रकाशित: Nov 15, 2023| 20:10 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्