बिहीबार, वैशाख १०, २०८३

सोलुखुम्बुमा उडिरहेको हेलिकप्टरबाट सामान खस्यो

 |  बुधबार, कात्तिक २९, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २९, २०८०

काठमाडौं- सोलुखुम्बुमा कैलाश एअरको उडिरहेको हेलिकोप्टरबाट सामान खसेको छ। सोलुदूधकुण्ड नगरपालिका–१ देकुमा मंगलबार कैलाश एअरको हेलिकप्टरमा झुन्डाएर लगेको प्लाइउड खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

National life

सोलुदूधकुण्ड–१ टाक्सिन्दु हेलिप्याडबाट खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेका लागि कार्गो सामान लिएर उडेको हेलिकप्टरबाट जङ्गलमा सामान खसेको हो।

हेलिकप्टरबाट खसेको प्लाइउड झन्डै छ सय ५० किलो बराबरको रहेको टाक्सिन्दुका वडाध्यक्ष छोङ्बा शेर्पाले जानकारी दिए। उनका अनुसार सामान खसेको ठाउँ बस्तीबाट झन्डै दुई किलोमिटर टाढा रहेको छ। जङ्गलमा खसेका कारण मानवीय क्षति हुन नपाएको वडाध्यक्ष शेर्पाले बताए।

हेलिकप्टर कम्पनीहरूको लापरबाहीका कारण बस्तीमा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: Nov 15, 2023| 06:17 बुधबार, कात्तिक २९, २०८०
प्रतिक्रिया दिनुहोस्