आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उपचारका क्रममा वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन

उपचारका क्रममा वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन

 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

काठमाडौं- वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको मंगलबार निधन भएको छ। हर्निया रोगबाट पीडित मानन्धरको उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो। 

जीवनको उत्तरार्धमा पनि साहित्य सिर्जनामा नै निरन्तर सक्रिय मानन्धरलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो। उनी नेपाली बाल साहित्यका सर्जक, प्रवर्धक, प्रकाशक,अनुवादक, अन्वेषक, प्रचारक र प्रसारक समेत थिए।  

मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरूबाट समेत सम्मानित भएका थिए। साहित्यकार मानन्धर ९० वर्षका थिए।

प्रकाशित: Nov 14, 2023| 16:40 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्