बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्‍चनपुरबाट जुवा खेल्ने ४२ जना पक्राउ, ३ लाखभन्दा बढी बरामद

कञ्‍चनपुरबाट जुवा खेल्ने ४२ जना पक्राउ, ३ लाखभन्दा बढी बरामद

 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

महेन्द्रनगर-  कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

National life

सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी रु तीन लाख पाँच हजारभन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिए।

जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट रु दुई लाख ५८ हजार नगद बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–१६ मझगाउँबाट रु २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए।

kumari

यस्तै, बेलौरीबाट २२ हजार नगदसहित आठलाई नियन्त्रणमा लिइएको छ।

'हामीले चाडपर्वका बेला जुवा तास खेल्ने गिरोहलाई सुक्ष्म रुपमा नियाली रहेका छौँ,' प्रहरी उपरीक्षक थापाले भने, 'पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारबाही गर्छौं।'

प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागु गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। रासस

प्रकाशित: Nov 14, 2023| 21:05 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्