मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा फसेका मजदुरको उद्धारमा ढिलाइ

भारतको उत्तरकाशीमा सुरुङ भत्किँदा फसेका मजदुरको उद्धारमा ढिलाइ

 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

नयाँ दिल्ली- भारतको उत्तराखण्ड उत्तरकाशी जिल्लामा निर्माणाधीन सडकको सुरुङ भत्किएपछि फसेका मजदुरको उद्धारमा ढिलाइ भएको छ।

National life

अस्ति आइतवार सुरुङभित्र फसेका ४० जना जीवित मजदुरलाई बाहिर निकाल्न एक सयभन्दा धेरै उद्धारकर्मीले आज मङ्गलवार पनि बिहानैदेखि काम गरिरहेका छन्। 

उनीहरूलाई बाहिर निकाल्न अर्को सुरुङ निर्माणको काम भइरहेको सरकारी अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अर्काे सुरुङ बनाउनका लागि अहिले भग्नावशेष पन्छाउने काम भइरहेको छ।

सुरुङमा फसेका मजदुरसँग सम्पर्क स्थापित गरेको र आवश्यक अक्सिजन तथा खानाको आपूर्ति सम्भव भएको उत्तरकाशी जिल्लाका शीर्ष सरकारी अधिकारी अभिषेक रुहेलाले बताए। 

उत्तरकाशी र यमुनोत्री मन्दिरलाई जोड्नका लागि सिल्क्यारा र डन्डालगाउँ सहरबीचको साढे चार किलोमिटर लामो सुरुङ निर्माण भइरहेको थियो। यो सुरुङ प्रधानमन्त्री नरेन्द्र मोदीको सडक परियोजनाको एक हिस्सा हो।

kumari

प्रकाशित: Nov 14, 2023| 16:20 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्