आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मिलेन एनआरएनएको लफडा, अनलाइन शपथ विधान विपरीत भन्दै शर्मा र सुवेदीको आपत्ति 

मिलेन एनआरएनएको लफडा, अनलाइन शपथ विधान विपरीत भन्दै शर्मा र सुवेदीको आपत्ति 

 |  मंगलबार, कात्तिक २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

vianetvianet

काठमाडौँ -  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा तथा महासचिव बुद्धि सागर सुवेदीले पूर्व अध्यक्ष बद्री केसी नेतृत्वमा गठन गरिएको भनिएको कार्य समितिको कुनै वैधता नरहेको बताएका छन्। 

मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष शर्मा तथा महासचिव सुवेदीले नवनिर्वाचित आईसीसी सदस्यहरुलाई अनलाइनबाट सपथ दिलाउने काम संघको विधान प्रतिकूल हुने भन्दै त्यस्तो काम नगर्न नगराउन आग्रह गरेका छन्।

यसैगरी केही सञ्चारमाध्यमबाट अन्तराष्ट्रिय अडिट कम्पनीलाई जिम्मा दिने निर्णय गरेको भन्ने कुरा आफैमा हास्यास्पद रहेको पनि विज्ञप्तिमा उल्लेख  छ।  कथित अन्तर्राष्ट्रिय कम्पनीलाई जिम्मा दिने भन्ने कुरा धाँधलीको ढाकछोप गर्ने तथा प्रमाण नष्ट गर्ने एक चालबाजी मात्र भएको ठहर छ।  

त्यस्तो कम्पनीलाई काममा लगाए वापत लाग्ने खर्च संघले नव्यहोर्ने र त्यसको खर्च सम्बन्धित व्यक्तिहरुले नै व्यहोर्नु पर्ने हामी स्पष्ट पार्न चाहन्छौं।  त्यस्तै चुनावमा गरिएका अनियमितताहरुको प्रमाण नष्ट गर्न जिम्मेवार कर्मचारी तथा व्यक्तिहरुलाई कानून बमोजिम कारवाही चेतावनी दिइएको छ।

अध्यक्षमा डा. बद्री केसी विजयी भएको घोषणासँगै विवाद सुरु भएको थियो। अध्यक्षमा पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गर्ने घोषणा गरेका थिए। अनलाइन प्रणालीमा गडबड गरेर केसीले नतिजा आफ्नो पक्षमा पारेको अध्यक्षका अरु प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका हुन्।।

प्रकाशित: Nov 14, 2023| 15:39 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्