मंगलबार, वैशाख १५, २०८३

स्वयम्भू र साँखुबाट ठूलो संख्यामा जुवाडे पक्राउ

प्रहरी वृत्त स्वयम्भू र साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले जुवाखालबाट जुवाडेसहित रकमसमेत बरामद गरेको छ।
 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

National life
kumari

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौं मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो संख्यामा जुवाडे पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज चार लाख तथा कौडा र ताससहित जुवाडे पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगानाका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले शंखरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जुवाडेलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ । उनीहरुको साथबाट एक लाख १७ हजार नगद बरामद भएको उनले बताए।

यसैबीच तिहार लक्षित सुरक्षा योजनाअनुरुप मादकपदार्थ सेवनका कारण हुन सक्ने दूर्घटना न्यून गर्न पूर्वनिर्धारित कार्ययोजनाअनुरुप जाँच भइरहेको  उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

प्रकाशित: Nov 14, 2023| 13:30 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्