सोमबार, चैत २३, २०८२

कस्तो छ आजको मौसमी पूर्वानुमान?

 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

काठमाडौं- देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। 

National life

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा छ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।

राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा  आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। 

kumari

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

प्रकाशित: Nov 14, 2023| 06:58 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्