आइतबार, फागुन २४, २०८२

गर्भावस्थापछि बढेको तौल कसरी घटाउने?

 |  मंगलबार, कात्तिक २८, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २८, २०८०

कुनै महिलाका लागि आमा बन्नु निकै खुशीको कुरा हो। महिलाले ९ महिनासम्म बच्चालाई आफ्नो कोखमा राख्ने गर्छन्। यो समयमा गर्भवती महिलाले थुप्रै समस्या खेप्नुपर्ने हुन्छ।

National life

यो समयमा थुप्रै शारीरिक परिवर्तन हुन्छन्। त्यो मध्ये एक हो तौल बढ्नु। लौत बढ्दा स्वास्थ्यमा थुप्रै सम्या हुन्छन्। बच्चालाई जन्म दिइसकेपछि आमामा थुप्रै जिम्मेवारी थपिन्छन्। यस्तो अवस्थामा महिलाले आफ्नो स्वास्थ्यमा पूर्ण रुपमा ध्यान दिन सकिरहेका हुँदैनन्। 

व्यस्तताले उनीहरू बढी रहेको तौल घटाउनमा समे ध्यान दिन पाउँदैनन्। त्यस्तो अवस्थामा खानपानमा ध्यान दिनुपर्छ।

बच्चा जन्मिसकेपछि तौल बढेका महिलाले शौफ पानीको सेवन गर्नुपर्छ। एक ग्लास तातो पानीमा एक चम्मच शौफ राख्नुपर्छ। पानी चिसो भइसकेपछि त्यसको सेवन गर्नुपर्छ। बिहान खाली पेट वा राति खाना खाइसकेपछि यसको सेवन गर्नुपर्छ।  यसले तौल घटाउनमा सहयोग गर्छ।

यस्तै दूध र जाइफलको सेवनले पनि बढ्दो तौल नियन्त्रण गर्न मद्दत गर्छ। मनतातो दूधलाई एउटा ग्लासमा राखेर त्यसको एक चौथाई जायफल पाउडर राख्नुपर्छ। राति सुत्ने बेला यसको सेवन गर्नुपर्छ। दूध तथा जाइफलले तौल नियन्त्रणमा सहयोग गर्छ।

Laxmi sunrise bank
kumari

दालचीनी र ल्वाङको सेवनले पनि तौल घटाउन मद्दत गर्छ। एक ग्लास पानीमा २-३ ल्वाङ र दालचीनीको एक टुक्रा राख्नुपर्छ। र, यसलाई उमाल्नुपर्छ। यसको सेवनले तौल घटाउन फाइँदा पुग्छ।

ग्रीन टीले पनि तौल घटाउन फाइदा पुगाउँछ। यसमा एन्टीअक्सीडेन्ट हुन्छ। यसले तीव्र रुपमा तौल घटाउँछ।

प्रकाशित: Nov 14, 2023| 06:02 मंगलबार, कात्तिक २८, २०८०
प्रतिक्रिया दिनुहोस्