बिहीबार, वैशाख १०, २०८३

भरतपुरको वागेश्वरीमा सामूहिक गाई पूजा

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

भरतपुर- भरतपुरको वागेश्वरीमा तीन दिने सामूहिक गौः पूजा थालिएको छ। योगी नरहरिनाथ गौः संरक्षण केन्द्रको आयोजनामा  सामूहिक गौः पूजा सुरु गरिएको हो। 

National life

लक्ष्मी पूजा तथा गोबद्र्धन पूजाको अवसरमा विगत वर्षमा जस्तै यसवर्ष पनि वागेश्वरीमा गौः पूजा गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए। पहिलो दिन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम देवघाटधामका पिठाधीष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गौः आरती गरेर गौः पूजाको सुरुवात गरे। सो अवसरमा उनले एक दिन मात्र गाईको संरक्षण गरेर नहुने र सधैँ पूजा गर्नुपर्नेमा जोड दिए। 

सामूहिक गौः पूजा यही कात्तिक २८ गतेसम्म हुनेछ। वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौः पूजा गर्न थालिएको हो। गाईको वैदिकरुपबाट पूजा गरिने कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए। यहाँ सामूहिक गौः पूजासँगै गोबद्र्धन पर्वत बनाएर पूजा गरिन्छ। पवित्र तीर्थस्थल देवघाटधाम प्रवेश मार्गमा रहेको वागेश्वरीमा दुई सयभन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ। दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले बताए।

यहाँ गाईको रेखदेखका लागि नौ कर्मचारी खटिएका छन्। योगी नरहरिनाथले २०४३ सालमा माडीबाट कोटीहोम लगाउन सात गाई लिएर आएका थिए। उक्त सङ्ख्या बढेर अहिले दुई सय पुगेको छ। 

गौः पूजाको अवसरमा योगी नरहरिनाथ गौः संरक्षण केन्द्रका संस्थापक संरक्षक कृष्णहरि देवकोटा, पूर्वअध्यक्ष टङ्कनाथ पौडेल, निवर्तमान संयोजक रामु बस्ती, गौः संरक्षण अक्षय कोष अभियानका अध्यक्ष उमाशंकर अग्रवाललगायतलाई सम्मान गरिएको थियो।

kumari

प्रकाशित: Nov 13, 2023| 22:22 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्