आइतबार, मंसिर २८, २०८२

सिलिण्डर लिक भई आगलागी हुँदा पाँच लाख बराबरको क्षति

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- काठमाडौँ महानगरपालिका-३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ।

ललितपुर महानगरपालिका-२८ हरिसिद्धि खरिबोट नजिक डेरा गरी बस्ने सप्तरी घर भएका ३९ वर्षीय लोचन मुखियाको जाल्पा फर्निचरभित्र करेन्ट सर्ट भई आगलागी हुँदा करिब रु १० लाख बराबरको धनमाल नष्ट भएको छ। 

यस्तै ललितपुर महानगरपालिका-१५ खुमलटारस्थित महालक्ष्मी नगरपालिका-५ लुभुमा रहेको न्यू मनकामना हार्डवेयरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 13, 2023| 21:30 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्