मंगलबार, वैशाख १५, २०८३

खुकुरी प्रहार गरी युवकको हत्या

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या भएको हो। 

National life

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

गएराति दुई समूहबीच झडप भएको थियो। त्यसक्रममा उनीमाथि खुकुरी प्रहार भएको हो।

झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 13, 2023| 21:02 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्