मंगलबार, वैशाख १५, २०८३

स्कुटर दुर्घटनामा एक जनाको ज्यान गयो

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

National life
kumari

काठमाडौं- माइतीघर मण्डलबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदै गरेको बा ५७ प ७३५९ नम्बरको स्कुटर दक्षिण गेट नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

उक्त दुर्घटनामा स्कुटर चालक ईलाम घर भई हाल काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने २३ वर्षीया रितु सुवेदीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आइतबार भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

प्रकाशित: Nov 13, 2023| 17:40 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्