आइतबार, वैशाख २८, २०८२

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  सोमबार, कात्तिक २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

vianetvianet
triton college
National life insurance

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा आइतबार राति सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी सोही ठाउँ बस्ने चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो।

उनको उपचारका क्रममा राति नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको दाबी छ।

प्रकाशित: Nov 13, 2023| 12:06 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्