शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • हुम्लाबाट उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि...

हुम्लाबाट उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि...

 |  सोमबार, कात्तिक २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

vianetvianet

काठमाडौं- हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ। हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ।

नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाई जहाज आज बिहान आठ बजे नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा थियो। हवाई जहाजमा यात्रुहरु चढिसकेका थिए। तर प्राविधिक समस्या देखिएको भन्दै उनीहरुलाई ओरालिएको छ। यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परेका छन्।

हवाई जहाज बनाउन नेपालगन्जबाट प्राविधिक बोलाइएको छ। सिमकोट विमानस्थल टावरले उक्त जहाज बनिनसकेको जनाएको छ।

हवाईजहाजमा कस्तो खालको समस्या हो भन्ने खुलिसकेको छैन।

प्रकाशित: Nov 13, 2023| 12:01 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्