मंगलबार, वैशाख १५, २०८३

जाजरकोटका भूकम्पपीडितलाई नेसपाबाट १० लाख सहयोग

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं- जाजरकोट भूकम्पबाट पीडितहरूका लागि नेपाल समाजवादी पार्टी (नेसपा) ले आज (सोमबार) १० लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ। 

National life

घोषणाअनुरूप अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा नेसपाका नेताहरू आज बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेर सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० लाखको चेक दिएका हुन्। 

यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराईले भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे। 

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाको मृत्यु भएको छ भने ४ सय जनाजति घाइते भएका छन्। हजारौं परिवार घरबासविहीन भएका छन्। 

भूकम्पपीडितका लागि विभिन्न राजनीतिक दल, संघसंस्था र व्यक्तिबाट सहयोग गर्ने क्रम जारी छ। 

kumari

प्रकाशित: Nov 13, 2023| 12:30 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्