मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • हमासले बन्धक बनाएका २४० जनाको रिहाइको सम्झौता हुनसक्छ : नेतान्याहु

हमासले बन्धक बनाएका २४० जनाको रिहाइको सम्झौता हुनसक्छ : नेतान्याहु

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

किभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले बन्धक बनाएका २४० जनाको रिहाइको सम्झौता हुनसक्ने बताएका छन्। ७ अक्टोबरमा हमास समूहले इजरायल क्षेत्रबाट इजरायलीसहित विभिन्‍न मुलुकका २४० जनालाई अपहरण गरेर लगेको थियो। 

National life

एक महिनाभन्दा लामो समय बितिसक्दा पनि उनीहरुको रिहाइ नभएपछि इजरायली प्रधानमन्त्री दबाबमा परेका हुन्। उनले अमेरिकी टिभी नेटवर्क एनबीसीको मिट द प्रेस कार्यक्रममा भने, 'अक्टोबर ७ को हमलामा बन्धक बनाएका अनुमानित २ सय ४० इजरायलीलाई मुक्त गर्ने सम्झौता हुन सक्छ।'

'म यसको बारेमा जति कम भन्छु, म यो पूरा हुने सम्भावनाहरू नै धेरै रहन्छ,' उनले थपे। 

प्रधानमन्त्री नेतन्याहुले यसबारे थप कुनै विवरण प्रदान गरेनन्। उनले सम्झौतालाई बाध्य पार्न सक्ने 'एउटा कुरा' भनेको 'सैन्य दबाब भएको र जुन इजरायली रक्षा बलले हमासमाथि प्रयोग गरिरहेको बताए। 

प्रधानमन्त्री नेतन्याहुले युद्धविरामको लागि बढ्दो आह्वानलाई अस्वीकार गरेका छन्। उनले सबै बन्धकहरु रिहाइपछि मात्रै युद्धविराम हुने बताएका छन्। 

kumari

प्रकाशित: Nov 13, 2023| 12:55 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्