मंगलबार, वैशाख १५, २०८३

इजरायली सेनाले भत्कायो गाजामा ६० भन्दा बढी मस्जिद 

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं- एक महिनाभन्दा लामो समयदेखि चलिरहेको युद्धका क्रममा इजरायली सेनाले गाजा क्षेत्रमा रहेका ६० भन्दा बढी मस्जिद भत्काएको छ। 

National life

वाफा समाचार एजेन्सीका अनुसार इजरायली सैन्य विमानले घेरा लगाइएको क्षेत्रको उत्तरी भागमा रहेको गाजा सहरको साब्रा नजिकैको अल-सलाम मस्जिदमा बमबारी गरेको छ।

अल–सलाम मस्जिदको विनाशले अक्टोबर ७ यता इजरायली सेनाले ध्वस्त पारेका मस्जिदको कुल संख्या ६० भन्दा बढी पुगेको प्रतिवेदनमा उल्लेख छ।

धार्मिक स्थलहरू अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत सांस्कृतिक सम्पत्तिको रूपमा संरक्षणको लागि योग्य छन्।

प्रकाशित: Nov 13, 2023| 13:50 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्