मंगलबार, वैशाख १५, २०८३

उत्तराखण्डमा सुरुङ भत्किँदा ३६ मजदुर फसे, उद्धार कार्य जारी

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं- उत्तराखण्डको यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माण भइरहेको सुरुङ भत्किँदा काम गरिरहेका ३६ जना मजदुर फसेका छन्। मजदुरको उद्धार कार्य जारी रहेको छ। 

National life

यो सुरुङ उत्तरकाशी जिल्लाको सिल्कियारा र डण्डलगाउँ जोड्न निर्माण भइरहेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्री पुष्कर धामीलाई फोन गरी उद्धार कार्यको जानकारी लिएका थिए।

सुरुङमा फसेका मजदुरहरु सकुशल रहेको अधिकारीहरुले बताएका छन्। उनीहरुलाई बाहिरबाट अक्सिजन पुर्‍याउने काम भइरहेको जनाइएको छ। तर, अलपत्र परेका मजदुरहरूसँग कुनै सम्पर्क भएको छैन।

उत्तरकाशीका सीओ प्रशान्त कुमारले सोमबार बिहान भने, ‘हामी भर्खर सुरुङभित्रबाट आएका हौँ। हामीले हिजो राति सुरुङमा फसेका मानिसहरूसँग सम्पर्क गरेका थियौं।'

'हामीले यहाँ पानी र अक्सिजन आपूर्ति गर्ने राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडको पाइपलाइनमा वायरलेस मार्फत सम्पर्क गर्ने प्रयास गर्‍यौं। उहाँको सहयोगमा हामीले भित्र फसेका मानिसहरूसँग सम्पर्क गरेका छौं। उनीहरुले आफू ठिक रहेको बताएका छन्।'

kumari

अलपत्र परेका मजदुरमध्ये एक मात्र उत्तराखण्डका हुन्। बाँकी बिहार, पश्चिम बंगाल, यूपी, झारखण्ड, ओडिशा र हिमाचल प्रदेशका हुन्। सुरुङमा फसेका मजदुरको उद्दारका लागि राज्य प्रकोप उद्धार बलका उद्धारकर्मी, स्थानीय प्रहरी र प्रशासनसँग मिलेर काम गरिरहेका छन्।

सुरुङ नजिकैको फोहोर हटाउन जेसीबी र अन्य मेसिनको प्रयोग भइरहेको छ।

प्रकाशित: Nov 13, 2023| 11:15 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्