आइतबार, मंसिर २८, २०८२

अब काठमाडौंको सडकका गाईबाच्छा काञ्जी हाउसमा

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं- काठमाडौँ महानगरपालिकाले सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धारका लागि दिपावलीको पूर्वसन्ध्यामा दक्षिणकालीमा काञ्जी हाउस सञ्चालनमा ल्याएको छ।

National life

महानगरपालिकाको सो कार्यको असहाय गाईबाच्छा संरक्षण अभियानले खुसी व्यक्त गरेको छ।

‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले काठमाडौँ उपत्यकालाई असहाय गाईबाच्छामुक्त क्षेत्र बनाउन देशभरका हरेक पालिकामा सुविधा सम्पन्न काञ्जी हाउस स्थापना तथा सडकमा गाईवस्तु अलपत्र छाड्ने प्रवृत्ति अन्त्यका लागि कानुनी वकालत गर्दै आएको छ।
 
सडकमा अलपत्र असहाय गाईबाच्छालाई संराक्षणको आग्रह गर्दै अभियानका अध्यक्ष उत्तम पुडासैनीले आज विज्ञप्ति जारी गर्दै त्यसरी सडकमा गाईबाच्छा छाड्दा उनीहरुलाई रोग लाग्ने भएकाले काञ्जी हाउसमा लगेर राख्न आग्रह गरे। गाईबाच्छाको स्वास्थ्य परीक्षण गर्न तथा रोगी पाइएमा क्वारेन्टिनमा राख्नसमेत उनले आग्रह गरे। 

अभियानले हालसम्म करिब दुई सय अलपत्र गाईबाच्छाको उद्धार गरी कागेश्वरी मनहरा नगरापलिको गोठाटारस्थित गौचरणमा आश्रय दिँदै आएको छ। उद्धार गरेर ल्याइने गाईबाच्छाको आफूहरुले संरक्षण गर्ने अध्यक्ष पुडासैनीले बताए।

प्रकाशित: Nov 13, 2023| 10:02 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्