मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्प प्रभावितलाई स्याङ्जाका तीन पालिकाद्वारा १२ लाख बढी सहयोग

भूकम्प प्रभावितलाई स्याङ्जाका तीन पालिकाद्वारा १२ लाख बढी सहयोग

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

जाजरकोट र पश्चिम रूकुममा भूकम्पबाट प्रभावित बनेकाको सहयोगका लागि स्याङ्जाका तीन नगरपालिकाले झण्डै १३ लाख रुपैयाँ सहयोग गरेका छन्।

National life

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै स्याङ्जाका गल्याङ, भीरकोट नगरपालिका र फेदीखोला गाउँपालिकाले १२ लाख ७७ हजार तीन सय ५५ रुपैयाँ उपलब्ध गराएका हुन्।

गल्याङ नगरपालिकाले चार लाख, भीरकोट नगरपालिकाले तीन लाख र फेदीखोला गाउँपालिकाले पाँच लाख ७७ हजार तीन सय ५५ रुपैयाँ सहयोग गरेका हुन्। गल्याङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीबाट दुई लाख रुपैयाँ र नगरपालिकाको विपद व्यवस्थापन कोषबाट दुई लाख रुपैयाँ गरी कूल चार लाख उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले गरेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए।

‘जनप्रतिनिधि एक दिनको सेवा सुविधा र कर्मचारीको एक दिनको तलबबाट रकम संकलन गरिएको छ,’ उनले भने, ‘उक्त रकमलाई नेपाल सरकारले स्थापना गरेको विपद व्यवस्थापन कोषमा जम्मा गरेका छौं।’

भीरकोट नगर कार्यपालिकाको १०६औं बैठकले पनि भूकम्प प्रभावितको सहयोगका लागि तीन लाख रुपैयाँ उपलब्ध गराएको छ। नगर कार्यपालिकाको बैठकले तीन लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरे बमोजिम सहयोग गरिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए।

kumari

नगरपालिकाले भूकम्पका कारण क्षति पुगेका घरमा बस्न सक्ने अवस्था नभएको र जाडोको मौसम भएकाले राहतस्वरुप फाइबर सिरकहरूसमेत पठाएको छ। फेदीखोला गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारीको तलबबाट पाँच लाख ७७ हजार तीन सय ५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए।

अध्यक्ष सुवेदीका अनुसार गाउँपालिकाका जनप्रतिनिधिको मासिक सेवा सुविधाबाट ५० प्रतिशत हुन आउने दुई लाख ४१ हजार सात सय ५० रुपैयाँ, गाउँपालिकाका स्थायी, करार, ज्यालादारी कर्मचारीको एक दिनको तलबबाट एक लाख पाँच हजार तीन सय ३२ रुपैयाँ र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, बाल शिक्षक, विद्यालय कर्मचारी, आइटी शिक्षकको एक दिनको तलब दुई लाख ३० हजार दुई सय ७३ रुपैयाँ संकलन गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको हो।

जिल्लाबाट विभिन्न संघ संस्था तथा व्यक्तिले भूकम्प प्रभावितका लागि आर्थिक तथा जिन्सी सहयोग गर्ने क्रम जारी रहेको छ।

प्रकाशित: Nov 13, 2023| 09:21 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्