आइतबार, असार २८, २०८३

बर्दियामा दुई थान बन्दुकसहित चारजना चोरी सिकारी पक्राउ

 |  सोमबार, कात्तिक २७, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २७, २०८०

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जले चार जना चोरी सिकारीलाई हातहतियारसहित पक्राउ गरेको छ।

बर्दिया निकुञ्जमा सुरक्षार्थ नेपाली सेना देवीदत्त गणको गस्ती टोलीले दुई थान भरुवा बन्दुक, ४० किलोभन्दा बढी जरायोजस्तो देखिने मासुको सुकुटी, दुइटा जरायोको सिङलगायत अन्य अखेटोपहरासहित गोप्य सूचनाका आधारमा घरमै गई आइतबार चार जनालाई पक्राउ गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

गैरकानुनी गतिविधि गरेको अभियोगमा पक्राउ पर्नेमा सुर्खेत जिल्ला बराहताल गाउँपालिका–१ तेलपानीका ६६ वर्षीय गगन वली, सोही पालिका–१ तेलपानीका ४३ वर्षीय यमबहादुर वली, सोही ठाउँका ३८ वर्षीय चन्द्रबहादुर वली र सोही ठाउँकै ३८ वर्षीय दिलबहादुर वली रहेको निकुञ्जका संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिए। उनीहरुलाई आइतबार सार्वजनिक गर्दै वन्यजन्तु ऐनअन्तर्गत कारबाही चलाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

प्रकाशित: Nov 13, 2023| 10:22 सोमबार, कात्तिक २७, २०८०
प्रतिक्रिया दिनुहोस्