मंगलबार, वैशाख १५, २०८३

नवलपरासी जिप दुर्घटना अपडेट : मृत्यु भएका ७ जनाको सनाखत

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

National life
kumari

काठमाडौं- नवलपसारी बर्दघाट सुस्तापूर्वको देवचुलीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ। देवचुली नगरपालिका–९ मा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

मृत्यु भएका ७ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा नवलपरासी पूर्व बौद्धीकाली गाउँपालिका घर भएका छन् बहादुर आले, बौद्धीकाली लाहटे बस्ने कुमारी राना, माझडाँडा बस्ने टेकमान वानटक्की, बुलिङटार गाउँपालिका घर भएकी १२ वर्षीय करिष्मा ठाडा, मध्यबिन्दु नगरपालिका बस्ने चिरन अर्याल र कावासोती–१६ घर भएका १७ वर्षीय अस्बिन गैह्रे छन्। 

बौद्धीकाली  घर भएका करिब २९ वर्षीय छन् बहादुर आले जिपका चालक हुन्। बौद्धिकाली गाउँपालिका स्थित माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु. १ ज ३२७० नम्बरको जिप गोरे घुम्तिमा दुर्घटना भएको हो।

प्रकाशित: Nov 12, 2023| 20:36 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्