काठमाडौं- काठमाडौँ महानगरपालिका–१४ बल्खुमा एक जना पुरुषको शव फेला परेको छ।
बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका गोकुल खड्काको शव फेला परेको हो।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय खड्काको शव फेला पारिएको प्रहरीले जनाएको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।