आइतबार, असार २८, २०८३

गोरखामा घर जल्दा आमाछोराको मृत्यु

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

पोखरा- गोरखामा घर जलेर आमाछोराको मृत्यु भएको छ। धार्चे गाउँपालिका १ हुल्चुकमा शनिबार राति घरमा लागेको आगलागीमा परेर उनीहरुको मृत्यु भएको वडाध्यक्ष रामसिं गुरुङले जानकारी दिए।  

उनका अनुसार ७८ वर्षकी आमा कान्छी गुरुङ र ५३ वर्षका छोरा चनारसिं गुरुङको मृत्यु भएको हो। ‘घरभित्र सल्लाको काठ थियो। कसरी जल्यो भन्ने थाहा छैन,’ उनले भने, ‘राती आगो लागेछ। अहिले प्रहरीहरु आइरहेका छन्।’ 

घर पूर्ण रुपमा जलेर सकिएको छ। जाडोको समयमा आगो ताप्दै घरभित्र सुत्ने उत्तरी गोरखामा धेरैको चलन छ। उनीहरु पनि आगो ताप्ने क्रममा घटना भएको हुनसक्ने बताइएको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगिसकेको छ।

प्रकाशित: Nov 12, 2023| 20:46 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्