शनिबार, असार ७, २०८२

नवलपरासी जिप दुर्घटना : मृतकको संख्या ७ पुग्यो

 |  आइतबार, कात्तिक २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

vianetvianet

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या ७ पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो। बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो।

गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। योसँगै दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या सात पुगेको छ। तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो।

घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए। दुर्घटनामा मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीया कुमारी राना र ४५ वर्षीया कमला वानटक्की मगर तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेका छन्।

मृतक एक जनाको अझै परिचय खुल्न सकेको छैन। उक्त जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो।

प्रकाशित: Nov 12, 2023| 17:31 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्