आइतबार, असार २८, २०८३

घरभित्रै झुन्डिएर श्रीमान्–श्रीमतीको मृत्यु

बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन्।
 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

कञ्चनपुर– कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा आज मृत फेला परेका छन्। बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले राना दम्पती मृत फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए।

‘घटनाबारे त्रिभुवन बस्तीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिहेको छ’, उनले भने, ‘श्यामका माइती पक्षलाई पनि घटनास्थलमा बोलाएर अनुसन्धान भइरहेको छ।’

प्रकाशित: Nov 12, 2023| 13:18 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्