नवलपरासी–नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ जिप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ।
बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको हो। जिप दुर्घटनामा एक जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। जिप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।