मंगलबार, वैशाख १५, २०८३

मुस्ताङमा हिमचितुवाले एकै खोरका ८२ च्याङ्ग्रा मारे

मिङमार गुरुङको खोरमा शुक्रबार राती पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्यांग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका हुन्।
 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

म्याग्दी– मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्यांग्रा मरेका छन्। मिङमार गुरुङको खोरमा शुक्रबार राती पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्यांग्रा मृत र आठ घाइते अवस्थामा भेटिएको वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिए।

National life

‘रातको समय तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्यांग्रा मारेको हो’, उनले भने, ‘३० लाख रुपैयाँभन्दा बढीको क्षति अनुमान गरेका छौं।’
मुस्ताङमा हिमचितुवाले पु¥याएको यो अहिलेसम्मको ठूलो क्षति भएको कृषकको भनाइ छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय लोमान्थाङ र चराङ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेका छन्।

हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो। मुस्ताङमा हिमचितुवा कति छन् भन्ने यकिन तथ्यांक छैन। ढाक्मर गाउँको पश्चिमतर्फ ठूलो रातो पहाडको ओढारमा हिमचितुवाको वासस्थान रहेको स्थानीय छिरिङ गुरुङले बताए।

गत वर्ष मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट १९ कृषकका ६५ पशु मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र वन डिभिजन कार्यालय मुस्ताङको तथ्यांक छ।–रासस

kumari

प्रकाशित: Nov 12, 2023| 14:59 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्