मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भारतमा एक व्यापारीको घरबाट ३ करोड बराबरको चोरी गरी नेपाली फरार

भारतमा एक व्यापारीको घरबाट ३ करोड बराबरको चोरी गरी नेपाली फरार

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

धनगढी- डडेल्धुरा र कैलालीका चार जना युवायुवती भारतको हरियाणा राज्यको गुडगाँउ डीएलएफ–१ स्थित व्यरी अचर्ल गर्गको घरबाट एक करोड ८६ लाख भारतीय रुपैया (दुई करोड ९७ लाख रुपैया) बराबरको धनमाल चोरेर फरार भएका छन् ।

National life

एक करोड ५० भारतीय रुपैया बराबरको सुन चाँदी, ३५ लाख भारतीय रुपैया नगद र १० लाख पर्ने ईनोभा गाडी चोरी भएको अचल गर्गको जाहेरीमा उल्लेख छ।

२६ अक्टोबर (कात्तिक ९ गते) राति भारतीय व्यापारी गर्गको घरबाट उनका ६० वर्षीय बुवा पुरुषोत्तम गर्ग र आमा अनिता गर्गलाई खानामा वीष हालेर बेहोस बनाई चार जना नेपालीले तीन करोड रुपैया बराबरको धनमाल चोरेर फरार भएका हुन्। नेपाल प्रहरीले चारैजनाको खोजी गरिरहेको जनाएको छ। उनीहरुलाई भारतीय सीमकार्ड उपलब्ध गराउने एक जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले गोदावरी नगरपालिका–८ स्याँउलेका ३० वर्षीय बाजी भुललाई कात्तिक १६ गते पक्राउ गरेको जनाएको छ। उनले आफ्नो नामबाट चोरीमा संलग्न हुनेहरुलाई सिम कार्ड उपलब्ध गराएको पाईएको छ। सोही आधारमा प्रहरीले बाजीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसारमा चोरीमा संलग्न भएको आरोपमा भारतमा दर्ता भएको जाहेरीका आधारमा डोटीको केआइ सिंह गाँउपालिका –२ तिखातर घर भई हाल उपमहानगरपालिका–२ सन्तोषीटोलका शंकर भुल, कैलालीको गोदावरी नगरपालिका - ८ स्याउलेका अमर भुल, डडेल्धुरा आलितालका बिरेन्द्र सार्की र कैलालीको सुगरखालकी यशोदा विश्वकर्माको खोजी भइरहेको छ।

kumari

गर्गमा घरमा बिरेन्द्र सार्की ११ अक्टोबर र यशोदा विश्वकर्मा १९ अक्टोबरदेखि काम गर्दै आएका थिए। बिरेन्द्रले आफूले काम गर्न थालेको एक हप्तापछि आफ्नो गाँउले बहिनीका रुपमा चिनाउदै गर्गकै घरमा काममा राख्न लगाएका थिए।

दुबै जना शंकर भुलको योजनामा गर्गको घरमा काम गर्न थालेको र घरमा बृद्ध बुवा आमा मात्र भएको मौका छोपी उनीहरु चारै जना मिलेर चोरी गरेको देखिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले गर्गमा चोरी गर्ने समूहको खोजी कार्य तीव्र पारिएको र चोरी गर्ने समूहलाई सहयोग गर्ने बाजी भुललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताएका छन्।
 

प्रकाशित: Nov 12, 2023| 09:10 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्