मंगलबार, वैशाख १५, २०८३

विपद्‍मा हातेमालो

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

गण्डकी- जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत राहत सहयोगमा हातेमालो भइरहेको छ।

National life

भूकम्प गएको भोलिपल्टै गण्डकी प्रदेश सरकारले आपतकालीन मानवीय सहायताका लागि चिकित्सकसहितको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो। लगत्तै मन्त्रिपरिषद्को बैठक बसेर भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि एक करोड सहयोग गर्ने निर्णय गर्यो। 

पोखरा महानगरपालिकाले पनि घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो।

दुई वडाध्यक्षको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको उद्धार टोली रुकुम पश्चिम र जाजरकोटमा खटिएको थियो। 

महानगरले भूकम्प प्रभावित क्षेत्रमा ५० लाखको सहयोगसमेत घोषणा गरेको छ। महानगरका जनप्रतिनिधिले एक महिना बराबरको पारिश्रमिक भूकम्पपीडितको राहत कोषमा प्रदान गर्ने निर्णय भएको महानगर प्रमुख धनराज आचार्यले बताए।

kumari

गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सदस्यले पनि भूकम्प प्रभावित क्षेत्रमा सहयोगको घोषणा गरेका छन्। 

नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यको १५ दिन बराबरको तलब भूकम्पपीडितको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले एक हप्ताको तलब उक्त कोषमा जम्मा गर्ने भएका छन्।

बागलुङको बडिगाड र ताराखोला गाउँपालिकालगायतका स्थानीय तहले पनि भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रियता देखाए। जिल्लाबाट सबैभन्दा पहिला बडिगाड गाउँपालिकाले चिकित्सकसहित स्वास्थ्य सहायताका सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। ‘विपद्का बेला सहयोग गर्नु मानवीय धर्म र कर्तव्य हो, हामीले त्यसैलाई सक्दो रुपमा निभाएका हौँ, भूकम्पपीडितको राहतमा सबैले हातेमालो गरौँ’, उनले भनिन्।

प्रकाशित: Nov 12, 2023| 10:21 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्