मंगलबार, वैशाख १५, २०८३

कस्तो रहला आजको मौसम ?

 |  आइतबार, कात्तिक २६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २६, २०८०

National life
kumari

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना  रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: Nov 12, 2023| 07:24 आइतबार, कात्तिक २६, २०८०
प्रतिक्रिया दिनुहोस्