आइतबार, फागुन २४, २०८२

संखुवासभामा एक हजार सात सयमा डेंगु संक्रमण

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

खाँदबारी- पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार सात सय पुगेछ। सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ।

National life

महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेङ्गु सङ्क्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले विद्यालयमा बालबालिकालाई डेङ्गुका बारेमा जनचेतना दिन, स्कूल हेल्थ नर्स कार्यक्रमलाई सक्रिय बनाउन, डेङ्गु नियन्त्रण र रोगथामका लागि स्वयंसेवक परिचालन गर्न, स्थनीय तह र स्वास्थ्य संस्थामार्फत खोज र नष्ट अभियानलाई तीव्रता दिन निर्देशन दिएको बताए।

साउन र भदौ महिनामा मात्रै डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार सात सय १० पुगेको छ। स्वास्थ्य कार्यालयका अनुसार सङ्खुवासभाका भोटखोला र चिचिला गाउँपालिकामा सङ्क्रमित देखिएका छैनन्।

प्रकाशित: Nov 11, 2023| 21:39 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्