मंगलबार, वैशाख १५, २०८३

हजका लागि आवेदन दिने म्याद मंसिर १० सम्म

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं- नेपाल हज समितिको सचिवालयले यसपालि सन् २०२४ (हज १४४५)को हजयात्राका लागि आवेदन दिने म्याद थप गरिएको छ।

National life

हजयात्रामा जानका लागि इच्छुक नेपाली इस्लाम धर्मावलम्बीलाई आवेदन दिनका लागि यही कात्तिक २२ गतेसम्मको म्याद रहेकामा त्यसलाई थप गरेर मङ्सिर १० सम्म पुर्‍याइएको नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँले जानकारी दिए।

अध्यक्ष मियाँले आवेदन दिन छुट भएका नेपाली मुस्लिम समुदायबाट यस वर्ष विगतका वर्षभन्दा छिटो हजको आवेदन खुलेकाले आवेदनको समय थप गर्न माग भएको हुँदा नेपाल हज समितिको निर्णयानुसार आवेदन दिने अवधि थप गरेर मङ्सिर १० सम्म तोकिएको उनले जानकारी दिए।

इच्छुक आवेदकले आवेदन फाराम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट पनि लिन सकिने र थप जानकारी चाहिएमा सिंहदरबारस्थित सचिवालयमा सम्पर्क गर्न सकिने छ।

यसपालि एक हजार दुई सय इस्लाम धर्मावलम्बीले हज गर्न सक्ने गरी साउदी अरब सरकारले नेपालीका लागि कोटा निर्धारण गरेको छ। हजका लागि गत साउनदेखि नै प्रक्रिया सुरु भएको थियो।

kumari

प्रकाशित: Nov 11, 2023| 20:50 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्