मंगलबार, वैशाख १५, २०८३

जाजरकोट भूकम्प : तिहारपछि पुनर्निर्माण 

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

भेरीगङ्गा- कर्णाली प्रदेश सरकारले तिहारपछि पुनःस्थापनाका साथै पुनर्निर्माणका काम अगाडि बढाउने निर्णय गरेको छ। 

National life

शुक्रबारको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण सुरु गर्ने निर्णय गरेको हो। प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणमा सघाउन सबै निकायसँग  अपिल गरेको छ। 

मन्त्री परिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए। कार्यविधि बनाएर पुनर्निमाणका काम थालिने जानकारी उनले दिए।

भूकम्पमा ज्यान गुमाएकाका  परिवारलाई दुई लाख रकम र घाइतेहरूको उपचारका लागि तत्काल उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

प्रकाशित: Nov 11, 2023| 20:09 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्