आइतबार, असार २८, २०८३

अरिंगालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

अछाम- अछाममा अरिङ्गालको टोकाइबाट एक वृद्धा घाइते भएकी छन्। जिल्लाको साँफेबगर नगरपालिका-७ रिडकोटकी अन्दाजी ७० वर्षीया जलु देवी कुमाललाई अरिङ्गालले टोकेको हो।

कुमाललाई घरको आगनमा बसिरहेका बेला अरिङ्गालले टोकेको थियो। 

घाइते वृद्धाको न्याय हेल्थ अस्पताल बयालपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

प्रकाशित: Nov 11, 2023| 18:51 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्