मंगलबार, वैशाख १५, २०८३

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

रुकुम- नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमका भूकम्पपीडितका त्रिपाल र टहरामा निःशुल्क बत्ती जडान गरेको छ।

National life

भूकम्पबाट बढी प्रभावित भएको आठबीसकोट नगरपालिका र दानभेटी गाउँपालिकामा निःशुल्क बत्ती जडान गरिएको हो।

भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए। आवश्यकताअनुसार थप ठाउँमा पनि बत्ती जडान हुने उनले बताए। 

आठबीसकोटका वडा नं ११, १२, १३ र १४ तथा सानीभेरी गाउँपालिकाका वडा नं १ र ४ मा निःशुल्क बत्ती जडान गरिएको छ।

प्रकाशित: Nov 11, 2023| 20:41 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्