मंगलबार, वैशाख १५, २०८३

भूकम्पपीडितलाई अस्थायी घर बनाउन सरकारले ५० हजार दिने

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घरबास गुमाएका पीडितहरूलाई सरकारले अस्थायी आवास बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

National life

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले तत्काल अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।

विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले पीडित परिवारलाई अस्थायी आवास निर्माण गर्न जस्तापाता खरिद लगायत अस्थायी आवास निर्माण सामग्रीका लागि राहत दिने तयारी अघि बढाएको हो। बैठकमा अर्थमन्त्री प्रकाशशरण महत, सहरी विकासमन्त्री सीता गुरूङलगायत विपद् र सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो।

कात्तिक १७ मा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका ३५ हजारभन्दा धेरै परिवार घरबारविहीन भएका छन्।

प्रकाशित: Nov 11, 2023| 18:12 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्