बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १८ घण्टापछि निकालियो कर्णाली करिडोरमा पुरिएर डोजर चालकको शव

१८ घण्टापछि निकालियो कर्णाली करिडोरमा पुरिएर डोजर चालकको शव

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

काठमाडौं- कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ। करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो। 

National life

कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेका बेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर कालिकोट पचालभरना गाउँपालिका–८ खडितोलीका ३० वर्षीय धीर सज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए। सडक फराकिलो गरिरहेका बेला माथिबाट खसेको पहिरोले पुरिएर डोजर चालकको मृत्यु भएको उनले बताए। 

‘माथिबाट चट्टान खसेको चालकलाई केही जानकारी/सङ्केत नै भएन। एक्कासि चट्टान खसेपछि भाग्नसक्ने अवस्था भएन’, थापाले भने, ‘चालकको घटनास्थलमा मृत्यु भएको छ।’

पहिरोले डोजर पुरै पुरिएकाले घटना शुक्रबार बेलुकाकै भए पनि १८ घण्टापछि आज बिहान मृतकको शव निकालिएको उनले जानकारी दिए।

‘हिजो रात परेकाले अरु पहिरो खस्ने खतरा हुनसक्ने देखिएपछि शव निकाल्न सकिएको थिएन्’, थापाले भने, ‘बिहान उज्यालो भएपछि शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।’

kumari

पहिरोले अहिले कर्णाली राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रकाशित: Nov 11, 2023| 13:50 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्