शुक्रबार, असार ६, २०८२

सुक्खा पहिरोमा पुरिँदा डोजर चालकको मृत्यु

करिडोरअन्तर्गत जिरो प्वाइन्ट कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुक्खा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको हो।
 |  शनिबार, कात्तिक २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

vianetvianet

कालीकोट–कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको छ। करिडोरअन्तर्गत जिरो प्वाइन्ट कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुक्खा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको हो।

कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेका बेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर कालीकोट पचालभरना गाउँपालिका–८ खडितोलीका ३० वर्षीय धीर सज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए।

सडक फराकिलो गरिरहेका बेला माथिबाट खसेको पहिरोले पुरिएर डोजर चालकको मृत्यु भएको उनको भनाइ थियो। ‘माथिबाट चट्टान खसेको चालकलाई केही जानकारी÷संकेत नै भएन। एक्कासि चट्टान खसेपछि भाग्न सक्ने अवस्था भएन’, थापाले भने, ‘चालकको घटनास्थलमा मृत्यु भएको छ।’

पहिरोले डोजर पुरै पुरिएकाले घटना शुक्रबार बेलुकाको भए पनि १८ घन्टापछि आज बिहान मृतकको शव निकालिएको उनले जानकारी दिए।

‘हिजो रात परेकाले अरु पहिरो खस्ने खतरा हुन सक्ने देखिएपछि शव निकाल्न सकिएको थिएन’,  थापाले भने, ‘बिहान उज्यालो भएपछि शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ।’ पहिरोले अहिले कर्णाली राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।–रासस

प्रकाशित: Nov 11, 2023| 13:30 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्