काठमाडौं– बाँकेको राप्तीसोनारी गाउँपालिका–९ बागेसालका बुद्धवीर वलीको घरबाट चोरले गत मंगलबार राती चोरेको एक थान तिलहरी र ४५ हजार नगद फिर्ता गरेका छन्।
घरमा कोही नभएको मौका छोपेर ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार नगद चोरेका चोरले शुक्रबार राती घरधनीकै आँगनमा लगेर राखिदिएका हुन्। चोरले तिलहरी र केही नगद घरधनीकै आँगनमा लगेर राखिदिएको बुद्धबीरका छोरा प्रेम वलीले बताए।
नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीकहाँ उजुरी दिएको छौं। चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले गए राती तिलहरी र २३ हजार ३ सय ६० रुपैयाँ घरको आँगनमा छाडेर गएको हो।’
घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।