शुक्रबार, असार ६, २०८२

तीन वटा बस एकापसमा ठोक्किँदा २२ विद्यार्थी घाइते

पूर्वी नवलपरासीबाट शैक्षिक भ्रमणमा धरान गएको बससित म्याग्दी र स्याङ्जाबाट गएका बस एकापसमा ठोक्किँदा २२ विद्यार्थी घाइते भएका हुन्।
 |  शनिबार, कात्तिक २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

vianetvianet

काठमाडौं– पूर्वी नवलरासीको हुप्सेकोटबाट  शैक्षिक भ्रमणका लागि पूर्व गएको गाडीले सुनसरीको धरान उपमहानगर–१३ स्थित कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्डमा दुई बसलाई ठक्कर दिँदा २२ विद्यार्थी घाइते भएका छन्।

पूर्वी नवलपरासीबाट शैक्षिक भ्रमणमा धरान गएको बससित म्याग्दी र स्याङ्जाबाट गएका बस एकापसमा ठोक्किँदा २२ विद्यार्थी घाइते भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए।

हुप्सेकोट गाउँपालिका–४ स्थित जनकल्याण राष्ट्रिय माविबाट शैक्षिक भ्रमणमा गएको उक्त बसको ब्रेक फेल भई शैक्षिक भ्रमणमै म्याग्दीबाट आएको ग२ख १५८३ र स्याङ्जाबाट आएको ग२ख १५१३ नम्बरको बसलाई ठक्कर दिँदा विद्यार्थी घाइते भएका हुन्। 

दुर्घटनामा तीन वटा बसमा सवार विद्यार्थीमध्ये २२ जना घाइते भएको डीएसपी भण्डारीको भनाइ छ। घाइते विद्यार्थीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि डिस्चार्ज गरिएको छ।

प्रकाशित: Nov 11, 2023| 10:49 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्