नेपाल प्रहरीका ५ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका गर्नका लागि सिफारिस गरिएको छ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ५ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बढुवा सिफारिस भएको सूचीको पहिलो नम्बरमा बसन्त रजौरे रहेका छन्। त्यसैगरी रविकुमार पौडेल, ननिनराज राई, बीरबहादुर ओली र चन्द्रदेब राई पनि बढुवा सिफारिस गरिएको छ।