मंगलबार, वैशाख १५, २०८३

दुईजना भूकम्प पीडितको चिसोले ज्यान गयो

 |  शनिबार, कात्तिक २५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २५, २०८०

गत साता जाजरकोटमा गएको भूकम्पपछि समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा परेका छन्। भूकम्पमा जोगिएका दुई जनाले चिसोका कारण ज्यान नै गुमाएका छन्। 

National life

शुक्रबार जाजरकोटको नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो। 

गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको हो। वडाध्यक्ष बद्री पन्तका अनुसार एकसरो लुगाको भरमा त्रिपालमा रात काट्नुपर्दा वयोवृद्ध गोपालबहादुरको ज्यान गएको हो। गोपालबहादुरका चार छोरा नै मजदुरीका लागि भारतमा छन्। यो गाउँ समुद्र सतहदेखि झन्डै १५ सय मिटर उचाइमा पर्छ।

एक्लै बस्दै आएका उनी भूकम्पले घर चर्किएपछि त्रिपालको ओत लागेर बस्दै आएका थिए। स्याहार गर्ने कोही थिएनन्।

माओवादीकी स्थानीय नेतृसमेत रहेकी पम्फा भने भूकम्पले घर भत्केपछि पार्टीकै निर्देशनमा राहत तथा उद्धारमा खटिरहेकी थिइन्। धपेडी र चिसोले निमोनिया भएर उनको निधन भएको हो। 

kumari

वडाध्यक्ष पन्तका अनुसार वडा ४ मा ३ सय ७५ घरधुरीमध्ये झन्डै ३० ज्येष्ठ नागरिक दम, बाथरोग र मुटुरोगका बिरामी छन्। वडाका ३० जना सुत्केरीलाई पनि चिसो कटाउन निकै सकस भएको छ। स्थानीय तहमार्फत प्रतिपरिवार वितरण गरिएको एक थान त्रिपाल र कम्बलकै भर पर्नुपरेपछि अत्यधिक चिसो थेग्न नसक्दा रुघाखोकी, ज्वरो, झाडा पखालालगायत स्वास्थ्य समस्या देखिन थालेको हो। चिसोका कारण दीर्घरोगीको स्वास्थ्य अवस्था झन् बिग्रिँदै गइरहेको छ।

प्रकाशित: Nov 11, 2023| 07:38 शनिबार, कात्तिक २५, २०८०
प्रतिक्रिया दिनुहोस्