आइतबार, फागुन २४, २०८२

डा. ओममूर्ति अनिलले कायम गरे विश्व रेकर्ड

चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवस अवसरमा गत १२ असोजमा  आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन्।
 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौं– मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवस अवसरमा गत १२ असोजमा  आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन्।

National life

आज आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको डा ओममूर्तिले जानकारी दिए।

‘गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको छ। व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुने आशा गरेको छु’, उनले भने, ‘यो कीर्तिमानले अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगबारेमा उदाहरणीय बन्ने आशा छ।’

१२ असोज साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घन्टा लामो उक्त प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले एकैपटक प्रत्यक्ष प्रसारण हेरेका थिए। उक्त फेसबुक प्रत्यक्ष प्रसारणलाई ९ हजार जनाले सेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट प्राप्त भएका थिए।

फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेका थिए। प्रत्यक्ष प्रसारणपछि ‘गिनिज वल्र्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्तिले विश्व रेकर्ड कायम भएको दाबी पेस गरेका थिए। डा ओममूर्तिले मुटुरोग रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन्।

Laxmi sunrise bank
kumari

उनले यो दोस्रो पटक विश्व रेकर्ड मार्च २०२३ मा बनाएका थिए। सन् २०१३–१४ मा इमेज एफएम १०३ दशमलव ६ मेगाहर्जबाट अतिथि वक्ताका रुपमा लगातार ४४ सातामा ‘मुटु स्वास्थ्य जागरुकता’ रेडियो कार्यक्रममा अतिथि वक्ताको रूपमा भाग लिएएका थिए।

प्रकाशित: Nov 10, 2023| 16:00 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्